प्रधानमन्त्री कप क्रिकेट: बागमतीद्धारा कर्णाली प्रदेश ७८ रनमा अलआउट

 , कर्णाली प्रदेश ७८ रनमा अलआउट

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बागमती प्रदेश विजयी भएको छ । कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो । उसका लागि इशान पाण्डेले ४० रन बनाउँदा रविन जोशी र अशोक पौडेलले अविजित रहँदै क्रमशः १६ र ६ रन बनाए । कर्णालीका दिवान पुन एक्लैले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले २४.२ ओभरमा सबै विकेट गुमाएर मात्र ७८ रनमा समेटियो । उसका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाउँदा निश्चल रावलले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बागमतीका बलरले १७ रन अतिरिक्त दिए। बागमतीका लागि रिजन ढकाल एक्लैले पाँच विकेट लिँदा क्रिजन गुरुङले दुई तथा सूर्य तामाङ, प्रतिश जिसी र विपिन आचार्यले समान एक–एक विकेट लिए । जितसँगै बागमती छ खेलमा ८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित कर्णाली भने पाँच खेलमा चार अंकसहित सातौं स्थानमा छ ।
 

प्रतिक्रिया