प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको पहिलो जित

कोशी प्रदेश १ सय ४२ रनले पराजित

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको खेलमा गण्डकीले कोशीलाई १ सय ४२ रनले हराएको हो । गण्डकीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश १५.२ ओभरमा २५ रन बनाउदै अलआउट भएको हो । खेलमा कोशीका कुनैपनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन । खेलमा कप्तान अंकित सुवेदीले बनाएको ८ रन नै सर्वाधिक रह्यो । गण्डकीका विपिन खत्री एक्लैले ६ विकेट लिए । त्यस्तै सन्दीप पराजुलीले ३ र अंकित न्यौपानेले एक विकेट लिए । सुरुमा व्याटिङ गरेको गण्डकी ४८.२ ओभरमा १ सय ७६ रन बनाएको थियो । गण्डकीका लागि मुस्कान थापाले ६७, कप्तान विपिन खत्रीले ४२  र कमल परियारले १३ रन को योगदान दिए । कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिए । कोशीलेले ६ खेलमा लगातार हार व्यहोरेको हो ।  गण्डकीले ४ खेलमा १ मा जित र ३ खेलमा हार भोग्दै अंक तालिकामा खाता खोलेको छ । 
 

प्रतिक्रिया