प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीको दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।  मुलपानी मैदानमा कोशीले दिएको ८९ रनको झिनो लक्ष्य आर्मीले ९.५ ओभरमै एक विकेटको क्षतिमा पूरा गरेको हो । आर्मीका लागि कुशल मल्लले २२ , सन्तोष कार्की  र इमरान शेख समान ३२ रनको योगदान दिए । त्यसअघि कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमै अलआउट भएको थियो । आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशीका लागि कप्तान अंकित सुवेदीले ४१ रन जोडेपनि अरुले दोहोरो अंक बनाउन सकेनन । आर्मीका शाहब अलामले ६ विकेट लिए । कुशल मल्ल  २ तथा  सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिन सफल भए । जारी प्रतियोगितामा यो आर्मीको दोस्रो जित हो भने कोशी लगातार चार खेलमा पराजित भएको छ ।  
 

प्रतिक्रिया