शेयर बजारमा नेप्से परिसूचक १२ अंकले गिरावट

शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अंकले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको हो । आज ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । यो दुई वर्षयताकै उच्च मूल्यको कारोबार हो । मंगलबारको तुलनामा कारोबार रकम एक अर्ब ७४ करोड रुपैयाँ बढेको छ । यसअघि पुस ८ गते सात अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप, सोनापुर मिनरल्स एन्ड आयल, मुक्तिनाथ कृषि कम्पनी निफ्रा कारोबार रकमका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे । समग्रमा बजार घटेको दिन ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज १८० कम्पनीको मूल्य घटेको छ । ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने चारवटाको मूल्य स्थिर रहेको छ ।।
 

प्रतिक्रिया