उत्पादनमूलक क्षेत्रमा लिइने इपिएस भाषा परीक्षा तोकेकै समयमा हुने

दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुुमति प्रणाली इपिएस भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग एचआरडी कोरियाले यसअघि तोेकेको समय माघ २१ गते गर्ने तयारी भएको जनाएको छ । परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको उसको भनाइ छ ।  एचआरडी कोरियाले इपिएस शाखालाई माघ २१ गते मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ । अनुसार पहिलो चरणमा ४७ हजारको परीक्षा लिने तयारी छ । त्यो परीक्षाको नतिजा आएपछि व्रmमशः दोस्रो र तेस्रो चरणको परीक्षा सञ्चालन गर्ने विभागको भनाइ छ । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ ।
 

प्रतिक्रिया