शेयर बजार ५४ अंकले बढेर २ हजार १ सय ७५ अंकमा

शेयर बजार आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५४ अंकले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ । नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन ८ गते नेप्से २२ सय विन्दुमा पुगेको थियो । आज २ करोड ३३ लाख कित्ता शेयर ८ अर्ब २ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम २ वर्षयताकै उच्च हो । यसअघि २०७८ साल माघ २० गते ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज १२ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि ज्योति विकास बैंक बोन्ड २०८७ को शेयरमा नकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये २ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो । ३१ वटाको कम्पनीको मूल्य घटयो भने बाँकी २ वटाको स्थिर रहेको छ । 
 

प्रतिक्रिया