एएफसी एसियन कपको १८ औँ संस्करण आज कतारमा सुरु हुँदै

उद्घाटन खेलमा कतार र लेबनानबीच प्रतिस्पर्धा

एएफसी एसियन कपको १८ औँ संस्करण आज कतारमा सुरु हुँदै छ । प्रतियोगिताको उदघाटन खेलमा घरेलु टोली कतार र लेबनानबीच प्रतिस्पर्धा हुनेछ । लुसेल स्टेडियममा हुने समूह ए का कतार र लेबनानबीचको खेल नेपाली समय अनुसार राती पौने दश बजे हुनेछ । प्रतियोगितामा एसियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई र उत्कृष्ट चार उपविजेता टिमले नक आउट चरणमा स्थान बनाउनेछन् । जापान, अस्ट्रेलिया र दक्षिण कोरियालाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । जापानले सर्वाधिक चार पटक उपाधि जितेको छ । फिफा विश्वकपको सफल आयोजना गरेको डेढ वर्षमै कतारले फुटबलको अर्को ठुलो प्रतियोगिता गर्न लागेको हो । एसिया कप सन् २०२३ मै चीनमा हुने तालिका थियो । तर कोभिडको कारण देखाउँदै चीनले हात झिकेपछि कतारमा सारिएको हो । 
 

प्रतिक्रिया