राष्ट्रिय पुरुष भलिबलको फाइनलमा आज एपीएफ र पुलिस भिड्दै

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आज भिडदैछन । दिउसो एक बजे सुर्खेतमा फाइनल खेल हुन लागेको हो । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा सुर्खेतमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई तीन–शुन्यको सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेको हो । एपीएफले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले हरायो । त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले सशस्त्रसँगको भेट पक्का गरेको छ । पुलिसले आर्मीलाई पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१९ ले हराएको हो ।

प्रतिक्रिया