एपीएफ र आर्मी राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनलमा

साविक विजेता एपिएफ र त्रिभुवन आर्मी क्लब सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामामा आ आफ्नो समूहको विजेता बनेका छन् । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आज समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाईरु र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३–० ले हराउँदै आफ्नो समूहका विजेता हुन् । प्रतियोगिताकारु अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए ।  दिनको पहिलो खेलमा एपिएफले बागमतीलाई २५–७,२५–१८ र २५–१३ ले हराएको थियो। दिनको दोस्रो खेलमा आर्मीले मधेशलाई २५–२०, २५–१९ र २५–१४ ले पराजित गरेको हो ।  एपिएफ र आर्मी दुबै टोली आजको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाईरु आराम दिएका थिए । बागमतीले लिगका सबै ४ खेल हारेको छ । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ । 

प्रतिक्रिया