हडल्सफिल्डलाई हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा

म्यानचेस्टर सिटी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सिटीले हडल्सफिल्ड टाउनलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणको यात्रा तय गरेको हो ।सिटीका लागि फिल फोडेनले २ गोल गर्दा जुलियन अल्भारेज र जेमी डोकूले एक एक गोल गरेका थिए । हडल्सफिल्डका वेन ज्याकसनले एक आत्मघाती गोल उपहार दिए । अर्को खेलमा आर्सनललाई २–० गोलले हराउदै लिभरपुल अघिल्लो चरणमा पुगेको छ । लिभरपुलको जितमा लुइस डियाजले एक गोल गरे । अर्को आत्मघाती गोल उपहार रहेको थियो । आर्सनलका जाकुब किविवरले आत्मघाती गोल उपहार दिएका हुन ।  एफए कपअन्तर्गतकै अन्य खेलमा लिड्स युनाइटेडले पिटरवर्गलाई ३–०, वरेक्सहमले श्रीवस्बरीलाई १–० र वेस्ट ब्रुमले इल्डरसट टाउनलाई ४–१ ले निरास बनाउँदै चौथो चरणमा स्थान सुरक्षित गरे । यसैगरी वेस्टहम युनाइटेड ब्रिस्टोल सिटीसँग १–१, नटिङघम फरेस्ट ब्ल्याकपुलसँग २–२ तथा लुटोन टाउन बोल्टनसँग गोलरहित बराबरीमा रोकिए । बराबरीसँगै यि खेल पुनः हुनेछन ।। 
 

प्रतिक्रिया