अमेरिकामा हिमपात र आँधीका कारण ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा हिम आँधीका कारण ५ जनाको मृत्यु भएको छ । 

केही दिन देखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिम आँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मिसौरी राज्यमा हिमपातको समयमा गाडी दुर्घटना हुँदा १ जना, कान्सासमा कार दुर्घटनामा २ जना, चिसोले कठ्याङ्ग्रिएर टेक्सासमा १ जना र भर्जिनियामा मोटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको हो बताइएको छ ।

चिसोका कारण धेरै विद्यालयहरु बन्द हुनुका साथै यात्रामा अवरोध भइरहेको छ । मेरील्याण्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी र अर्कान्सासमा आपत्काल घोषणा भए सँगै हिमपातका कारण विद्युत पनि कटौती हुँदा लाखौँ मानिस समस्यामा छन् । 

खराब मौसमका कारण दुई हजार भन्दा धेरै उडानहरू रद्द भएका छन् । ६ हजार ५ सय उडानमा  ढिलाइ भएको छ । हिमपात र चिसो हावा अझै केही हप्ता सम्म देशको केही भागमा रहिरहने अनुमान छ । वासिङ्टनको मेरील्याण्ड र  भर्जिनिया ५ देखि ९ इन्चसम्म हिउँ जमेकोे छ । 

अमेरिकाको न्युयोर्क लगायत अरु विभिन्न ठाउँमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित भएको छ ।
 

प्रतिक्रिया