स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा रबि लामिछाने सहित ३९ जना बिरुद्ध मुद्दा दर्ता

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित   स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गसहमन्त्री रवि लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीको अनुसन्धानका आधारमा जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको हो । पोखराको सुर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको बेला काठमाडौंमा  अर्को मुद्दा दर्ता भएको हो । आइतबार रबि सहित बचतकर्ताले राखेको रकम अनियमितता भएको भन्दै जम्मा ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

 सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य रबिसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको हो । 

यसैगरी, पूर्वसञ्चालक समिति सदस्य राजु बराल, पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ विरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

सहकारी बचत कर्ताको रकम अपचलन गरेको आरोपमा रबि गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । 
 

प्रतिक्रिया