पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवी मन्दिरमा पूजाआजा, गाउँपालिकाबाट सम्मान

स्याङ्जा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गरेकी छिन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित मन्दिरमा उनिले आज शुक्रबार वैद्धिक विधिपूर्वक पूजाआजा गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजाका साथै यहाँको वस्तुस्थिति अवलोकन गरेकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृथ थापाले जानकारी दिए । उनलाई कालीगण्डकी गाउँपालिकाले मन्दिर परिसरमै स्वागत तथा सम्मान गरेको थियो ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले पूर्वराष्ट्रपतिलाई स्वागत गर्न पाउँदा गौरवबोध भएको बताए । पूर्वराष्ट्रपति भण्डारीले आलमदेवी आउने आफ्नो इच्छा पूरा भएको बताइन् । यहाँका नागरिकले गरेको माया र स्नेहलाई कहिल्यै नभुल्ने उनिले भनाई राखिन् ।
 

प्रतिक्रिया