वर्तमान गठबन्धन फेल भए, यो व्यवस्था पनि ढल्छ : सांसद सिंह
काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्तमान गठबन्धन फेल भएको खण्डमा वर्तमान व्यवस्था ढल्ने दाबी गरेका छन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले संसद्का दुई ठूला दल मिलेर गठन भएको यो सरकार नै वर्तमान व्यवस्थाको अन्तिम सरकार भएको टिप्पणी गरेका हुन् ।
संसद्का दुई ठूला दल मिलेर सरकार बनेको अभ्यास नेपाल बाहेक संसारमा कहीँ नभएको उनी बताउँछन् ।
‘जनता अहिले धेरै मारमा परेका छन् । राष्ट्र अहिले असफलतातिर गइरहेको छ । वर्तमान गठबन्धन फेल भयो भने यो व्यवस्था नै फेल हुन्छ नि,’ उनले भने, ‘दुनियाँमा कँही पनि संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदैनन् । यो अन्तिम टेस्ट हो ।’
प्रतिक्रिया