परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छिन् ।
मन्त्री राणा युरोपका केही कार्यक्रममा सहभागी भएर बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।
उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन् । मन्त्री राणा आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया