युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी
एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् ।
बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन गर्दे पुटिनले युक्रेन बिरुद्धको युद्धमा निकै प्रगति भइरहेको दाबी गरे । पुटिनले देशका सबै क्षेत्रमा आफ्नो व्यापक नियन्त्रण देखाउन हरेक वर्षको अन्तिममा पत्रकार सममेलन गर्ने गरेका छन् । युक्रेनमा भइरहेको युद्धलाई मस्कोले “विशेष सैन्य अपरेशन“ भन्ने गरेको छ । तर रुसले सन् २०२२ देखि युक्रेनमा एक्कासी आक्रमण गरेको थियो । युक्रेनका कैयन भू–भागहरु रुसले कब्जा गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनसँग रुसले कब्जा गरेको आफ्नो सबै क्षेत्र फिर्ता लिन सक्ने शक्ति नभएको स्वीकार गरेपछि पुटिनको यस्तो कुरा आएको हो ।
प्रतिक्रिया