रवि लामिछानेमाथि अन्याय भएको छैन : प्रमुख सचेतक घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अन्याय नभएको बताएका छन् ।
एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम बिशेष सम्वादमा बिहिबार कार्यक्रम प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा घिमिरेले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि सरकारले कारबाही गर्ने दाबी गरे । प्रमुख सचेतक घिमिरेले सहकारी प्रकरणमा संलग्न जो सुकै भएपनि कारवाही हुने भन्दै त्यसको शुरुवात भैसकेको बताए ।
उनले रा.स्व.पा सभापति लामिछाने माथि मात्रै कारवाही भएको भन्नु गलत प्रचारबाजी भएको दाबी गरे । घिमिरेसँगको बिस्तृत कुराकानी आज राति ९ बजे एभिन्यूजमा हेर्न सकिनेछ ।
प्रतिक्रिया