जिल्ला प्रशासन कार्यालय गुल्मीलाई मायादेवी फाउण्डेसनद्वारा फर्निचर सामग्री सहयोग
काठमाडौं । गुल्मीमा सामाजिक क्षेत्रमा काम गर्दैै आएको मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्वारा जिल्ला प्रशासन कार्यालय गुल्मीलाई फर्निचर सामग्री सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि मानबहादुर एण्ड मायादेवी फाउण्डेसन गुल्मीले १२ थान बेञ्च सहयोग गरेको हो । वर्षौैदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन आउने सेवा ग्राहीहरुको अत्याधिक चाप बढ्दै गएसँगै बस्नका लागि वेञ्चको अभावमा भुँईमा बस्नु पर्ने बाध्यता थियो ।
कार्यालयमा दिनहुँहुने भीडभाडका कारण सेवा लिन आएका अति अशक्त, अपाङ्गता एवं ज्येष्ठ नागरिकहरुलाई चिसो भुँइमा बसेर सेवा लिनुपर्ने अबस्था थियो । त्यही अबस्थालाई मध्यनजर गर्दै कार्यालयको आग्रहमा सहयोग गरिएको मायादेवी फाउण्डेसनका अध्यक्ष नगेन्द्रमान श्रेष्ठले बताए ।
सेवाग्राहीहरुको सहजताको लागि फाउण्डेसनले एक लाख भन्दा बढी मुल्यका बेञ्चहरु सहयोग गरेकोमा प्रशासनले आभार प्रकट गरेको छ । मानबहादुर एण्ड मायादेवी फाउण्डेसनले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको छ ।
कोरोना महामारी एवं बाढी पहिरोमा समेत खाद्यन्न सामग्रि, जिल्लाको दजाकोट, इस्मा, सुर्यथुम लगायतका आगलागी पीडितलाई पनि सहयोग गरेको छ ।
प्रतिक्रिया