मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न  बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । 

स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असन लगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरे पछि उनले त्यस्तो निर्देशन दिएका हुन् ।

साथै उनले चुहावट नियन्त्रण गर्नु पर्नेमा जोड दिएका छन् । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको  र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मत सम्भार गर्न उनले निर्देशन दिएका हुन् । 

मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए । 
रासस 

प्रतिक्रिया