सातै प्रदेशबाट अर्थतन्त्र सम्बन्धी बृहत बहस 'एभिन्यूज एजेण्डा' संचालन हुने
काठमाडौ। 'एभिन्यूज एजेण्डा' अन्तर्गत सातै प्रदेशमा समग्र देशको अर्थतन्त्र सम्बन्धी बृहत बहस र छलफल हुने भएको छ। राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभाब, दवाब र निकासको एजेण्डा सहित एभिन्यूज खबरले सातै प्रदेशमा अर्थतन्त्र सम्बन्धी बृहत बहस संचालन गर्न लागेको हो।
सरकारी, सार्वजनिक र निजि क्षेत्रलाई एउटै मञ्चमा राखेर गर्न लागिएको बृहत आर्थिक बहसलाई 'एभिन्यूज एजेण्डा' नाम दिइएको छ। 'एभिन्यूज एजेण्डा' एभिन्यूज खबर टेलिभिजनवाट प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रममा सरोकारवाला, इच्छुकलाई सहभागिताको लागि अनुरोध पनि गरिएको छ।
कार्यक्रमको शुरुवात सुदुरपश्चिम प्रदेशबाट हुनेछ। पौष ५ गते हुने उक्त कार्यक्रम धनगढी स्थित होटेल फ्लोरामा हुनेछ। दास्रो कार्यक्रम पौष ७ गते कर्णाली प्रदेशमा हुनेछ। त्यस्तै पौष ९ गते लुम्बिनी प्रदेश, पौष ११ गते बागमती प्रदेश, पौष १३ गते मधेश प्रदेश, पौष १५ गते कोशी प्रदेश र अन्तिम कार्यक्रम पौष १८ गते गण्डकी प्रदेशमा संचालन हुनेछ। कार्यक्रममा सम्बन्धित प्रदेशका मन्त्री मुख्यमन्त्री, पालिका प्रमुख, अर्थबिज्ञ, बिश्लेषक लगायतको सहभागिता र अन्र्तक्रिया रहनेछ।
प्रतिक्रिया