क्यान्सर विरुद्धको ‘एच.पि.भी.’ खोप ल्याइयो
काठमाडौं । ‘एच.पि.भी.’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एच(पि(भी.)खोप ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले ४ लाख ६० हजार ९ सय ४० मात्रा खोप आएको बताए । ती खोपलाई अहिले टेकु स्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिए ।
‘एच.पि.भी.’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपाल आइपुगेको हो । सरकारले किशोरीलाई सानै उमेर बाट नै क्यान्सर बाट जोगाउन आगामी माघ २३ गते बाट खोप अभियान सञ्चालन गर्न थालेको छ । १५ दिने अभियान अन्र्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरी खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए। उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ ।
हरेक वर्ष पाठेघरको मुखको क्यान्सर बाट चार जना महिलाको मृत्यु हुने गरेको जनाइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जना सँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेले हुने गर्दछ ।
नेपालमा सबै भन्दा बढी महिलामा लाग्ने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर सबै भन्दा बढी देखिने र त्यस पछि स्तन क्यान्सर रहेको छ ।
रासस
प्रतिक्रिया