आज ५ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । बिहीबार (आज) ५ वटा संसदीय समितिको बैठक बस्दै छ।
प्रतिनिधि सभा तर्फका २ वटा र राष्ट्रिय सभा अन्तर्गतका ३ वटा संसदीय समितिको बैठक आज बस्न लागेको हो ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा सिइडिएडब्ल्युको आधारभूत सिफारिस नं.३९ सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमिति बाट समिति समक्ष पेस भएको प्रतिवेदन उपर छलफल हुनेछ ।
त्यसैगरी बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरू सँग छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवाला सँग छलफल हुनेछ ।
प्रतिक्रिया