चिनियाँ शासनको २५ औं वर्ष गाँठ मनाउन राष्ट्रपति सी मकाउमा

एजेन्सी । चिनियाँ शासनको २५ औं वर्ष गाँठ मनाउन राष्ट्रपति सी जिनपिङ मकाउ पुगेका छन् । 

मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीन दिने भ्रमणका लागि राष्ट्रपति सी बुधबार मकाउ पुगेका हुन् ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भ्रमणको क्रममा राष्ट्रपति सी मकाउको नयाँ प्रशासनको उद्घाटन समारोहमा सहभागी हुनुका साथै निरीक्षण भ्रमण पनि गर्ने जनाइएको छ । मकाउको सर्वोच्च अदालतका पूर्व प्रमुख साम होउ–फेईले चीनलाई मकाउ हस्तान्तरण पछिको चौथो नेताका रुपमा शुक्रबार सपथ लिनेछन् । 

‘ग्रेटर बे एरिया’ भनेर चिनिने मकाउको आर्थिक विविधीकरण र चीनको क्षेत्रीय खाकामा एकीकरण राष्ट्रपति सीको भ्रमणको मुख्य विषय हुने विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया