यू–१९ महिला क्रिकेट : आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । 

मलेसियाको बायुमास ओभलमा खेल ११ बजे शुरु हुनेछ । त्यस अघि सुपर फोरमै भारत र बंगलादेश भिड्नेछन् । शुक्रबार भारत र श्रीलंका आमनेसामने हुँदा नेपालले सोहिदिन बंगलादेश सँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ । 

नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको हो । बंगलादेश समूह बीमा दुई खेलमा विजयी हुँदै सुपर फोरमा पुगको हो ।  उसको चार अंक रहेको छ । बंगलादेशले श्रीलंका र आयोजक मलेसियालाई हराएको छ ।

बंगलादेश सुपर फोरको  अंक तालिकाको शिर्ष स्थानमा छ । दोस्रो स्थानमा भारत रहेको छ । तीन अंक रहेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।  दुई खेलमा एक खेलमा विजयी भएको श्रीलंकाको २ अंकमात्र रहेको छ ।  यो अंक सुपर फोरमा पनि जोडिने छ । शीर्ष स्थानका दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् । तेस्रो र चौथो टोली बाहिरिने छन् ।  

एसिया बाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो।

प्रतिक्रिया