मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा जितु उपाध्याय नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुर नगरपालिका–१ निवासी उपाध्यायलाई यही पुस महिनादेखि लागू हुनेगरी राजनीतिक सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए ।
अछाममा जन्मिएका ३९ वर्षीय डा. उपाध्यायले दक्षिण कोरियाको विश्वविद्यालयबाट ‘फुड साइन्स र टेक्नोलोजी’ विषयमा पिएचडी (विद्यावारिधि) गरेका छन् ।
प्रवासमा रहेर उन अध्ययन, अध्यापन, अनुसन्धान सँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् ।
प्रतिक्रिया