रुसका बरिष्ठ जनरलको हत्याको आरोपमा एक उज्वेकिस्तानी पक्राउ
एजेन्सी । रुसको मस्कोमा वरिष्ठ जनरल इगोर किरिलोभ र उनका सहायकको हत्या गरेको आरोपमा उज्वेकिस्तानका २९ वर्षीय युवकलाई हिरासतमा लिइएको रुसी सुरक्षा स्रोतले जनाएको छ ।
विकिरण, रासायनिक र जैविक सुरक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ मंगलबार बिहान एक आवासीय भवन बाहिर निस्कदै थिए,त्यतिबेला स्कूटरमा लुकाइएको विस्फोटक भएर उनको मृत्यु भएको थियो । रूसी सेनाका अनुसार ती उज्वेकिस्तानी युवक युक्रेनी गुप्तचर संस्थामा भर्ना भएका थिए । युक्रेनले किरिलोभको हत्याको पछाडि आफ्नो हात रहेको दाबी गरेको छ ।
रूसको रासायनिक हतियार प्रमुख किरिलोभले युद्ध अपराध गरेको आरोप युक्रेनको रहेका छ । हत्याको अघिल्लो दिन सोमबार, युक्रेनले ५४ वर्षीय किरिलोभलाई “प्रतिबन्धित रासायनिक हतियारहरूको व्यापक प्रयोगको लागि जिम्मेवार“ भएको आरोप लगाएको थियो। रुसल भने आरोप अस्वीकार गर्दै आएको छ ।रुसी संघीय सुरक्षा सेवा (एफएसबी) को जनसम्पर्क केन्द्रले बुधबार पक्राउ गरेको २९ वर्षीय युवकलाई “आतंकवादी कार्य गरेको आशङ्का“ भएको बताएको छ।
एक विज्ञप्तिमा भनिएको छ “सोधपुछको क्रममा उसले युक्रेनी विशेष सेवाहरू द्वारा भर्ती गरिएको भनेर बताएका छन्।सन् २०२२ मा रुसले युक्रेनमाथि एक्कासी आक्रमण गरेपछि रुस र युक्रेनबीचको लडाइँ जारी छ ।
प्रतिक्रिया