नेपालको कानुन देखेर अमेरिका र चीन डराउँछन् : सांसद मोदी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेपालको कानुनी प्रक्रिया लम्बेतान भएको भन्दै आपत्ति जनाएका छन् । 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सांसद मोदीले कर्मचारीको ‘चेन अफ कमाण्ड’ को प्रक्रियाले समस्या ल्याएको जिकिर गरेका हुन् ।

‘कर्मचारीको चेन अफ कमाण्ड छ । कमाण्ड सिस्टमको पनि समस्या कहीँ न कहीँ छ,’ उनले भने, ‘सरुवा प्रणालीमा पनि कहीँ न कहीँ हामीले संरचनामा सुधार आउनैपर्छ ।’

सांसद मोदीले अहिलेकै परिस्थिति र संरचना कायम राख्ने हो भने विकसित देशका सफल राष्ट्रपतिलाई ल्याए पनि ६ महिनामै भाग्ने बताए ।

‘यही परिस्थितिमा, संरचनामा, मानौं अमेरिकाको कुनै सफल राष्ट्रपति वा भारतका सफल राष्ट्रपति ल्याऔं । नेपालमा कोही अर्थमन्त्री, कोही गृहमन्त्री वा चीनबाट सी जिनपिङ नै ल्याऔं,’ मोदीले भने, ‘यही कानुन अनुसारको संरचनामा गयौं भने ती मान्छेहरू पनि नेपालमा ६ महिनापछि भाग्छन् । कुन देशमा आएँ, कस्तो कानुन बनाएको भनेरै भाग्छन् ।’

प्रतिक्रिया