दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न सर्वोच्चमा निवेदन दर्ता
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुनः बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै छोरा निराजन प्रसाईँका तर्फबाट बुधबार बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको हो ।
जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश गरेपनि प्रहरीले अन्य अभियोगमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर म्याद थप गरेपछि प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको छ ।
यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थियो । उक्त निवेदन खारेज भएको थियो ।
निवेदनमा उनी क्यान्सर जस्तो गम्भीर रोगको बिरामी भएको तर सरकारले दुःख दिने नियतले अन्य मुद्दा समेत लगाउन सक्ने भएकाले २४ घण्टाभित्र झिकाउन र रिहा गर्नु भनी आदेश दिन जिकिर गरिएको छ ।
प्रतिक्रिया