सुनको मूल्यमा नयाँ कीर्तिमान , तोलाको १ लाख ६५ हजार

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य आइतबार पनि वृद्धि भएको छ । 

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको थियो । सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेर हाल सम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो । 

प्रतिक्रिया