पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । 

मिश्र केही दिन अघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोल स्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशक भन्दा लामो समय योगदान गरेका थिए ।

मिश्रका श्रीमती र एक छोरा छन् ।
रासस 

प्रतिक्रिया