सुपर ओभरमा अमेरिकालाई हराए सँगै एक खेल अगावै नेपालले जित्यो सिरिज

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज एक खेल अगाडि सुपर ओभरबाट उचालेको छ। 

आइतबार बिहान अमेरिकामा भएको निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। अमेरिका विरुद्धको दोस्रो खेल सुपरओभरमा गएको हो। सिरिजको पहिलो खेल नेपालले १७ रनले जितेको थियो। 

सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो। त्यस लक्ष्य नेपालले सहज रूपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भएको हो । 

अब नेपालले अन्तिम खेलमा सोमबार प्रतिस्पर्धा गर्ने छ। 

प्रतिक्रिया