जी–७ को रक्षा शिखर सम्मेलन नेपल्समा शुरु

एजेन्सी । जी–सेभेनका रक्षा मन्त्रीहरुको बैठक इटालीको दक्षिणी शहर नेपल्समा शुरु भएको छ । 

मध्यपूर्वमा तनाव बढेको र युक्रेन माथि दबाब बढ्दै गएको अवस्थामा  जि सेभेन नेताहरु छलफलमा जुटेका हुन् । अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई ख्याल गरेर शिखर सम्मेलन भैरहेको हो । इटालीका रक्षा मन्त्री गुइडो क्रोसेट्टोले म्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्व बारे छलफल गर्न पर्याप्त स्थान दिइने बताए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनको युद्ध, अफ्रिकाको विकास र सुरक्षा तथा एशिया–प्रशान्त क्षेत्रको अवस्था पनि एजेन्डामा रहेको छ । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षा मन्त्रीस्तरीय पहिलो बैठक आयोजना गरेको हो । 

इजरायलले सन् २०२३ को अक्टोबर ७ मा गाजामा भएको विनाशकारी जवाफी युद्धका मुख्य योजनाकार हमासका प्रमुख याह्या सिनवारलाई मारेको घोषणा गरेको दुई दिन पछि बैठक हुन लागेको हो ।

जाडोयाममा रुसी सेनाहरू युक्रेनको राजधानी किभ प्रवेश गर्न सक्ने र अमेरिकामा अर्को महिना हुने चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएमा अमेरिकी सैन्य समर्थन घट्ने सम्भावना बारे पनि बैठकमा छलफल हुने समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया