नेपाल र अमेरिकाको दोस्रो खेल रोमाञ्चक बराबरी

काठमाडौं ।  अमेरिका र नेपाल बिच टी–२० सिरिजको दोस्रो खेल सुपर ओभरमा पुगेको छ ।

सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाए पछि खेल सुपर ओभरमा गएको हो ।

सुपर ओभरमा नेपालका लागि सोमपाल कामीले सनसनीपूर्ण बलिङ गर्दै चार बल फालेर दुई विकेट लिए । अमेरिकाले सुपर ओभरमा चार बल खेलेर २ रन मात्र बनायो

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । 

प्रतिक्रिया