भारत सरकारको राहत सामग्री हस्तान्तरण

काठमाडौं । भारत सरकारले नेपालमा विनासकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि राहत सामग्री प्रदान गरेको छ ।भारत सरकारको सहयोगलाई निरन्तरता दिने क्रममा भारत सरकारको तर्फबाट यहाँस्थित भारतीय दूतावासका द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप आज बुधबार  हस्तान्तरण गरेका छन् ।

सरसफाइ सामग्री, औषधि, झुल, लाइफ ज्याकेट, स्लीपिङ म्याट, खाद्यवस्तु, गम बुट, रबर बोट र मोटरसहितको २१ दशमलव ५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगञ्ज ल्याइ पुर्‍याइएको हो । हालै आएको बाढीपहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवं सबै खाले सहयोग प्रदान गर्न भारत सरकार तत्पर रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया