निषेधित क्षेत्र तोड्न खोजेको भन्दै रुवि खानसहित ६ जना प्रहरी नियन्त्रणमा

काठमाडौ । अभियन्ता रूबी खान लगायतका उनका समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सिंहदरबारदेखि संसद भवनसम्म निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा गर्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरू माइतीघर मण्डलबाट बबरमहल हुँदै सिंहदरबार प्रवेश गर्नेमा क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

निर्मला कुर्मीको हत्या आरोपिलाई कानुनी कारबाही हुनुपर्ने र अनुसन्धान अगाडि बढ्नुपर्ने भन्दै बाँकेका अभियन्ता रूबी खानसहितको टोली माइतीघर मण्डलमा धर्ना बस्दै आएका छन्। 

प्रतिक्रिया