गौशाला धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरि मारवाडीको संरक्षण गर्यो: बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रहरीले आफूहरूलाई सहयोग नगरेको आरोप लगाएका छन् । नियमअनुसार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गर्न लागिपरेको आरोप लगाएका हुन् । ‘नाजायज सम्बन्धबाट  सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौँदेखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ । अनि कोषले  महानगरलाई धर्मशाला असक्तहरूलाई निःशुल्क खाना र औषधि उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाई  संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ’, शाहले बुधबार फेसबुकमा लेखका छन् । 


मंगलबार काठमाडौँ महानगरपालिका र कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको छ । तर, बुधबार धर्मशाला खाली गराउन पुग्दा समितिका पदाधिकारीहरूले विरोध गरेका थिए भने बालेनले प्रहरीले पनि उनीहरूलाई नै साथ दिएको आरोप लगाएका हुन् । 

प्रतिक्रिया