बी.पी. राजमार्ग पुनर्निर्माण कार्य तत्काल अघि बढाउन सांसद दाहालको माग

सिन्धुली । प्रतिनिधि सभाका सांसद राजन दाहाल (लेखनाथ) ले बाढी पहिरोले क्षतिग्रस्त बनाएको बी.पी. राजमार्गको  पुनर्निर्माण कार्य तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् । 

दाहालले ध्यानाकर्षण पत्र मार्फत यहि असोज ११ र १२ मा परेको अविरल बर्षासँगै आएको वाढी पहिरोको कारण बी.पी. राजमार्गको खुर्कोट– धुलिखेल खण्ड क्षत विक्षत अवस्थामा पुगेको र यसको पुनर्निर्माण कार्य गर्न अति आवश्यक भएको हुँदा यथाशीघ्र पुनर्निर्माण कार्य अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छ्न्। सांसद दाहालले  उक्त सडक पुनर्निर्माण गर्दा पछिल्लो भू–अवस्थाका साथै जल मापनको अवस्थाको आधारमा गर्न आग्रह गरेका छन् ।

त्यसैगरी  सवारी साधनको वढ्दो चापलाइ मध्यनजर राखेर भविष्यमा समेत प्रभावकारी हुने गरि खुर्कोट– धुलिखेल खण्ड चारलेनको सड्क निर्माण गर्न माग गरेका छन् । दाहालले सिन्धुलीको  चियावारी– खुर्कोट सुरुङ मार्गको याथाशीघ्र कार्य प्रारम्भ गर्नका लागि जापान सरकारसँग आर्थिक सहयोगको पहल गर्न सरकारलाई विशेष अनुरोध गर्न समेत आग्रह गरेका छन् । 

प्रतिक्रिया