‘वर्ल्ड  बुक अफ रेकर्ड’ लेखनकुन्ज नेपालका ढकाललाई

काठमाडौं । लन्डनबाट हरेक वर्ष दिइने ‘वर्ल्ड बुक  अफ रेकर्ड’ यो वर्षको लागि लेखनकुञ्ज नेपालका संस्थापक तथा अध्यक्ष कमल ढकाललाई  प्रदान गरिएको छ । 

प्रमाणपत्र,मेडल र तक्मा सहित प्रदान गरिएको यो अवार्ड काठमाडौमा मंगलबार आयोजित एक कार्यक्रममा विभिन्न विधाका ख्यातिप्राप्त व्यक्तिहरूलाई दिइएको हो । 

कार्यक्रममा लेखन,पठन संस्कृति र नाटकलाई उत्थान गर्न लेखन र पत्रकारिता हुँदै लेखनकुञ्जको माध्यमबाट योगदान पुर्याएकोमा प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । 

विशेषत वर्ल्ड बुक रेकर्ड बनाउनेलाई मात्र दिइने यो अवार्ड केही वर्ष यता देखि सामाजिक,स्वास्थ्य,शिक्षा,व्यापार लगायतका क्षेत्रमा कहीँ न कहीँ केही न केही आफ्नो जीवन र समाजको लागि काम गर्ने नेपालीलाई दिइएको लन्डनबाट अवार्ड दिन आएका वर्ल्ड बुक अफ रेकर्डका सिइओ सन्तोष शुक्लाले बताए । 

नेपालका लागि यसको संयोजन उक्त संस्थाका प्रतिनिधि सन्तोष कटुवालले गरेका हुन् । यस वर्षको ‘वल्र्ड बुक अफ रेकर्ड’ लेखक तथा पत्रकार ढकालका साथै मिथिला शर्मा,चैत्य देवी,कला सन्जेल,डा सुभाष घिमिरे, डा मनोहरलाल श्रेष्ठ, दीपक जंगम लगायतलाई प्रदान गरिएको थियो । 

प्रतिक्रिया