गौशाला धर्मशालामा राखियो काठमाडौँ महानगरपालिको बोर्ड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा महानगरको बोर्ड राखेको छ। मारबाडी सेवा समितिको विरोधका बीच महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ को बोर्ड हटाएर महानगरको नयाँ बोर्ड राखेको हो। 

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे समझदारीमा गौशाला धर्मशाला खाली गराउन महानगरको प्रहरी टोली बुधबार गौशाला पुगेको थियो । 

सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीहरूबीच धकेलाधकेल भएको थियो। धर्मशाला खाली गराउन नमानेपछि नगर प्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरूले प्रतिवाद गरेका थिए। आफुहरु  गौशाला धर्मशालाको मोही रहेको भन्दै माडवाडीहरुले हट्नका लागि पत्र समेत माग गरेका छन् ।

प्रतिक्रिया