प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङद्वारा  ६० लाख हस्तान्तरण

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले  ५० लाख रुपैंयाँहस्तान्तरण  गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले  १० लाख हस्तान्तरण गरिन् । 

कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेका कर्पोरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढी पहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिएकी कर्पोरेसनले जनाएको छ ।   

रासस

प्रतिक्रिया