चाडपर्वका समयमा कर्मचारीले फोन अफ नर्गन मन्त्री यादवको आग्रह

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दशैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरूका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिएका हुन् ।

“उनले भने”,हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला भन्दै मन्त्री यादवले बताए । विजया दशमी, शुभ दीपावली एवं छटपर्व आफ्ना घर परिवारसँग राम्रोसँग मनाउन तथा विजया दशमी सबैका लागि राम्रो र सुःखद रहोस् भन्दै मन्त्री यादवले शुभकामना दिएका छन् । शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्य, मन्त्रालयका सहसचिव, विभागका महानिर्देशक, केयुकेएलका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया