छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

सप्तरी । नवरात्र  शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । 

नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ । 
 
नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताउनुभयो । भारतबाट पनि  धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् । घटस्थापनाका दिनदेखि नै यी शक्ति पीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन् । 

प्रतिक्रिया