धर्मशाला खाली गराउन महानगर प्रहरी टोली गौशालामा

काठमाडौं । पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन काठमाडौं महानगर प्रहरीको टोली गौशाला पुगेको छ । काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो ।

तर, धर्मशालामा समिति बहालमा नभई मोही भएको दाबीसहित मारवाडीहरूले ठाउँ खाली गर्न मानेका छैनन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित हुनुपर्ने, यहाँका सबै भौतिक संरचना आफूहरूले बनाएको, लामो समयदेखि मानव सेवामा समर्पित भएको भन्दै समितिका पदाधिकारीहरू धर्नामा बसेका छन् । अहिले वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडीबीच वार्ता भइरहेको छ ।

प्रतिक्रिया