गौशालाको मोही भएको दावी सहित मारवाडीले गरे विरोध प्रदर्शन

काठमाडौं। गौशालास्थित धर्मशालाबारे काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध मारवाडी सेवा समितिले विरोध प्रर्दशन गरेको छ। बुधबार धर्मशाला परिसरमा  विज्ञप्ति जारी गर्दै मारवाडी समितिले  विरोध प्रर्दशन गरेको हो ।  जिल्ला अदालतको फैसलाको पूर्णपाठ आएपछि पुनरावेदन गर्ने अधिकार रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म बाधा नगर्न समितिले  आग्रह गरेको छ।  समितिले आफूहरु मोही भएको दाबी गर्दै निर्णय खोरजको माग समेत गरेका छन् ।  ‘२०२१ सालको नापीको फिल्डबुक, मालपतको श्रेस्ता र २०४४ सालको नापीको फिल्डबुक, गुठी संस्थानको श्रेस्ता र पशुपति क्षेत्र विकास कोसको मोही लगत नम्बर ८३७ कायम रहेको व्यहोरा अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

अदालतले विसं २०६० मा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो ।वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्वको धर्मशाला प्रयोग भएको थियो। लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको हो ।  
गौशाला धर्मशाला सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने निर्णय गर्दै कोषले धर्मशाला खाली गर्न समितिलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया