'चिहानकी परी' गायक खड्कापछि राजेशपायल राईलाइ पनि आफ्नै गीतमा कपीराइट

काठमाडौं । नेपालका केही गायक तथा सर्जकको आफ्नै गीत सृजनामा ‘कपिराइट क्लेम’ लागेको छ ।  केही समयअघि ‘चिहानकी परी’, ‘बज्र’जस्ता गीतका गायक तथा सर्जक शिरिष खड्कालाई कपिराइट क्लेम’ लागेकोमा अब लोकप्रिय गायक राजेशपायल राईको पनि आफ्नै गीतमा कपीराइट लागेको छ ।

 

गायक तथा सर्जक शिरिष खड्कालाई कपिराइट क्लेम’

एम्युज नामक संगीत वितरण कम्पनीको प्लाटफर्ममा राईलाई कपिराइट लागेको हो । यो कम्पनीले स्पोटीफाइ, एप्पल म्युजिक, अमेजन म्युजिकजस्ता प्लाटफर्ममा गीत उपलब्ध गराउँदै आएको छ । सोही प्लाटफर्मबाट गीत अपलोड गर्न खोज्द नभैरहेको राईको भनाई छ ।

 

गायक राईले आफ्नै गीतमा आफैँलाई कपीराइट लाग्न थालेको आधिकारिक र प्रमाणित फेसबूकमार्फत जानकारी दिएका छन् ।“मेरो राइट्समा रहेका अधिकांश गीतहरू हालै मैले खोलेको अडियो प्ल्याटफर्ममार्फत डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपीराइट लागेको सूचित गर्दछु,” गायक राईले भनेका छन् ।

उनले अन्य प्लेटफर्ममा रहेका गीतहरू हटाउन चेतावनी दिएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनले बताएका छन् । 
 उनले आफ्नै गीतमा कपिराइट लाग्नुलाई कलाकारको अधिकार हनन भएको बताएका छन् ।
 

 

प्रतिक्रिया