राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका छन् । संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् । 

संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिक्रिया