वास्तुविद् साहलाई वर्ल्ड बुक अफ रेकर्डको प्रमाणपत्र र सम्मान प्रदान

काठमाडौं । वास्तुविद् तथा वर्ल्ड बुक अफ रेकर्डर  कैलाश प्रसाद साहलाई वर्ल्ड बुक अफ  रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच  प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा वर्ल्ड बुक अफ  रेकर्डका प्रेसिडेन्ट डा. सन्तोष शुक्लाले साहलाई प्रमाणपत्र हस्तान्तरण र सम्मान गरेका हुन् । 

साहले १ लाख ५० हजार मानिसको शतप्रतिशत भविष्यवाणी गरेर रेकर्ड बनाएका हुन् ।नेपालमा मात्रै नभएर विश्वभर ज्योतिष, वास्तु सेवा, रत्न, रुद्राक्ष,आध्यात्मिक उपचार लगायतकोे क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा साहलाई यस अघि बेलायतको प्रतिष्ठित “ग्लोबल बुक अफ एक्सिलेन्स” अवार्डबाट पुरस्कृत गरिएको थियो । त्यस्तै उनले बेलायतकै “वर्ल्ड बुक अफ रेकर्ड्स“ वाट उनले आध्यात्मिक र ज्योतिषीय विज्ञानमा पुर्‍याएको योगदानलाई कदर गर्दै  सम्मान पनि पाएका थिए । साह वास्तु विज्ञानमा खोज तथा अनुसन्धानमा सक्रिय छन् । उनका बिभिन्न पुस्तकहरु पनि प्रकाशनका क्रममा रहेका छन्  ।

साहले विश्वभरका साहले १ लाख ५० हजार  मानिसहरूलाई  सही ज्योतिषीय भविष्यवाणी  गरेर इतिहास रचेका छन्। वास्तु शास्त्रको उनको गहिरो बुझाइ, वास्तु कलाको प्राचीन भारतीय विज्ञान, सद्भाव, शान्ति र समृद्धि पुर्नस्थापित गरेर उनले घर र कार्य स्थलहरूका बारे मानिसहरुलाई सुझाव दिने गरेका छन् ।  

साहको आध्यात्मिक उपचार पद्यती दीर्घकालीन रोगहरूका साथै मानसिक तनाव कम गर्न, व्यक्तिगत वृद्धि र कल्याणको लागि प्रभावकारी साबित भएका छन् । वास्तुविद् साह ओम त्रिकाल साई ज्योतिष तथा पूजा केन्द्रका सिइयो समेत रहेका छन् ।

प्रतिक्रिया