भारतले नेपाली उद्योगीको गुणस्तर नविकरण नगर्दा सिमेन्ट निर्यातमा अन्यौल

काठमाडौ । तीन महिनायता भारतले नेपाली उद्योगीको गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट मार्क नविकरण नगर्दा नेपाल बाट हुर्दै आएको सिमेन्ट र क्लिंकर निर्यात रोकिने हो की भन्ने चिन्ता बढेको छ । मुलुक अहिले सिमेन्ट र क्लिंकर उत्पादनमा आत्मनिर्भर छ । पछिल्लो दशकमा दर्जनौं ठूला उद्योग खुलेका छन् । चुरे पहाडबाट क्लिंकरका लागि कच्चा पदार्थ चुनढुंगा उत्खनन्ले सहजता दिलाएको छ । स्वदेशमै पर्याप्त उत्पादन भएपछि पछिल्लो समय भारततर्फ सिमेन्ट र क्लिंकर निर्यात धमाधम भइरहेको थियो । तर भारतले आईएसआई मार्क नविकरण नगर्दा अहिले भने यो क्रम रोकिएको छ । नेपालबाट भारततर्फ सिमेन्ट र क्लिंकर निर्यात भइरहेको छ । सरकारले स्वदेशी उत्पादन बाह्य मुलुक निर्यात बढीमा ८ प्रतिशत सहुलियत दिने नीति लिएपछि उद्योगहरुले भारततर्फ सिमेन्ट र क्लिंकर निर्यात गर्दै आएका छन् । चालु आर्थिक वर्षको दुई महिनाममै सिमेन्ट २० करोड ७६ लाख २८ हजार र क्लिंकर ३ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । तर, अघिल्लो वर्षमो तुलनामा सिमेन्ट निर्यात बढ्दा क्लिंकर भने केही घटेको भन्सार तथ्यांकले देखाउँछ ।
पछिल्लो समय उद्योगले निर्यात सुरु गर्दा भारतमा नेपाली उत्पादनको बजार विस्तार भइरहेको छ भने मुलुकको अर्थतन्त्रमा थप टेवा पुगिरहेको छ । तर, सरकारले सहुलियत बृद्धि गर्ने र ल्याब परीक्षण प्रक्रियालाई सरल र छिटोछरितो बनाए निर्यात अझै बढ्ने उद्योगी बताउँछन् । 
नेपालको चुरे पहाडमा उपलब्ध चुन ढुंगाबाट उत्पादित सिमेन्टको गुणस्तर भारतबाट आयातित क्लिंकरको भन्दा धेरै राम्रो छ । अर्कातर्फ भारतको उत्तर प्रदेशका अधिकांश जिल्लामा त्यहाँका अन्य स्थानबाट भन्दा नेपालबाट सिमेन्ट, क्लिंकर आयात गर्दा सस्तो पर्न जान्छ । यसले गर्दा पनि नेपाली उत्पादनले भारतमा राम्रो बजार पाउने सम्भावना बढी छ । बढ्दो ब्यापार घाटा र परनिर्भरतालाई रोक्न थप सहजता बनाउनुपर्ने व्यवसायीको भनाइ छ ।
 

प्रतिक्रिया