आईसीसी महिला टी—२० विश्वकपमा अष्टेलियाद्धारा न्युजिल्याण्ड पराजित

 

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले पराजित गरेको छ । युएईको शारजाहमा गएराति भएको खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर २ बलमा ८८ रनमा समेटिएको हो । न्युजिल्यान्डका अमेलिया केरले २९ रन जोडिन् । अष्ट्रेलियाका लागि मेगान स्कहटर र अनावेल सुटरल्यान्डले समान ३ विकेट लिइन । त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो । अष्ट्रेलियाका वेथ मोनेले सर्वाधिक ४० रन बनाइन । न्युजिल्यान्डका अमेलिया केरले ४ विकेट हात पारिन् । अष्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्कालाई पराजित गरेको थियो । त्यस्तै  न्युजिल्यान्डले भारतलाई स्तब्ध बनाइको थियो ।। 
 

प्रतिक्रिया