पूर्वराजा शाहले दिए दशैंको शुभकामना, नेपाल अत्यन्तै असहज अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल अत्यन्तै असहज अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । खुसी हुन र रमाउन दशै नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना खुसि र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा नहुँदा दुःख लागेको पूर्वराजाको भनाई छ । शाहवंशीय परम्परा जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहेको शुभकामना सन्देशमा भनिएको छ । आफूले नारायणहिटी दरबार छोडेको दुई दशक पुरा हुनै लाग्दा पनि जनताको आकाँक्षा पुरा नहुँदा वेचैनी बढाएको उल्लेख गरिएको छ । उनले गाउँबस्ती र शहरी क्षेत्र क्रमश “ युवाशक्ति विहीन ” बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   मुलुकमा युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न नसकेको पूर्वराजाको ठहर छ । युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्म निर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न  नसक्नुको परिणाम मुलुकले कहालीलाग्दो अवस्था भोगेको सन्देशमा भनिएको छ । पूर्वराजा शाहले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै नराखेको बताए । उनले देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने चाहाना रहेको उल्लेख गरे । उनले बाह्रय शक्तिराष्ट्रहरुको दवाव र दुस्प्रभाव कहिले नबढोस भन्दै सचेत समेत  गराएका छन् । पूर्वराजा शाहले एकाइसौं शताब्दीको पहिलो दशक देखि नै क्षेत्रीय एवम् अन्र्तराष्ट्रिय तनाव झन गहिरो हँुदै गएको बताए । यस्तो अवस्थामा नेपाल “शान्त राष्ट्र«”को रुपमा घोषित हुनुपर्ने र विश्वभर परिचित होस भन्ने आफ्नो मान्यता र आग्रह रहेको सन्देशमा भनिएको छ ।।  

प्रतिक्रिया